Mero Chitwan
उत्तर कोरियाको उपद्रो : दक्षिण काेरियामा फेरि खसाल्यो फोहोरले भरिएको बेलुन

एजेन्सी-उत्तर कोरियाले फेरि दक्षिण कोरियामा फोहोरले भरिएको बेलुन खसालेको छ । दक्षिण कोरियाको दक्षिणी सीमामा फोहोरले भरिएका बेलुन खसालिएको दाबी दक्षिण कोरियाको सेनाले गरेको हो । 

बिहीबार पनि उत्तर कोरियाले फोहोरले भरिएका २ सयभन्दा बढी बेलुन खसालेको थियो । दक्षिण कोरियाका रक्षामन्त्रीले यसलाई ‘निम्न दर्जाको व्यवहार’ भनेका छन् ।

दक्षिण कोरियाली सेनाले यी बेलुनहरूमा भेटिएका वस्तुबारे अनुसन्धान गरिरहेको जनाएको छ । तर, उत्तर कोरियाले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यद्यपि, बिहीबार उत्तर कोरियाका उप रक्षामन्त्रीले फोहोर कागज र फोहोर सीमामा पठाइने चेतावनी दिएका थिए । दक्षिण कोरियाले तिनीहरूलाई हटाउन कत्तिको प्रयास गर्नुपर्छ भनेर बुझ्न सकोस् भनेर यसो गर्ने उनको बताएका थिए । दक्षिण कोरियाली सेनाले सर्वसाधारणलाई बेलुन र त्यसमा भएका सामग्री छुन निषेध गरेको छ र स्थानीय प्रशासनलाई जानकारी दिन आग्रह गरेको छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  २२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update