Mero Chitwan
चितवनमा भिषण हावाहुरी, एक जना घाइते, दर्जनौं पोल ढल्दा विद्युत अवरुद्ध

चितवन–चितवनमा आज आएको भिषण हावाहुरीका कारण एक जना घाइते भएका छन् । 

रत्ननगर नगरपालिका वडा नम्बर ४ देवौलीमा आफ्नै घर भत्किएर च्याप्दा १६ वर्षीय सुरज माली घाइते भएका हुन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए। हावाहुरीले टिकौली जंगलमा रुख ढल्दा एउटा ट्रक र कारमा क्षति पुगेको छ । यस्तै, भरतपुर प्रहरी तालिम केन्द्रअगाडि पनि रुख ढलेर क्षति पुगेको उनले बताए । 

भरतपुर महानगरपालिका-१६ शिवघाटमा रुख ढल्दा बिजुलीको पोलमा क्षति पुगेको छ भने केही घरका जस्तापाता उडाएको छ ।

यसैगरी, नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार हावाहुरीले एक सयभन्दा बढी बिजुलीका पोल ढलेका छन् । मर्मतका लागि कर्मचारी खटाइएको र सम्भव भएसम्मका स्थानमा विद्युत आपूर्ति पुनः सञ्चालन गरिने केन्द्रले जनाएको छ । पश्चिम तथा पूर्वी चितवनमा हावाहुरीले क्षति पुर्‍याएको जनाइएको छ । 

2-1717174301.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  २२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update