Mero Chitwan
भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो सुरु

चितवन : चितवन एक्स्पो सेन्टर भरतपुरमा  अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो सुरु भएको भएको छ । शुक्रबार एक कार्यक्रमका बीच  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक्सपोको  उद्घाटन गर्नुभएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा नेपाल पोल्ट्री महासंघ र इण्डीया पोल्ट्री इक्युपमेन्ट एशोसियसनको संयुक्त आयोजनामा एक्सपो सञ्चालन गरेको हो  । प्रदर्शनी जेठ २० गतेसम्म सञ्चालन हुने छ ।

कार्यक्रमलाई सम्बोधन गदै प्रमुख रेनु दाहालले  भरतपुर भ्रमण वर्ष २०२४ र अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो आयोजना गर्नुको उद्देश्य  आर्थिक गतिविधि चलयामान बनाउनु रहेको बताउनुभयो । अर्थतन्त्रको मेरुदण्ड कृषि र कृषिमा पनि पोल्ट्री भएकाले यसको थप व्यवसायीकरणमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकाले कृषिको आधुनिकीकरणका लागि अनुदानमा यन्त्र उपकरणको काम गर्दै आइरहेको र आगामी दिनमा पनि कृषि क्षेत्रलाई विषेश प्राथमिकता दिएर नीति तथा कार्यक्रम निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

 एक्स्पोमा एक सय ५० प्रदर्शनी कक्ष र प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायललगायत देशका कम्पनीहरू सहभागिता रहेको छ ।

प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेशाकर्मी एवम् समग्र किसानवर्गको प्रत्यक्ष संलग्नता रहको छ । प्रदर्शनीमा पोल्ट्री व्यवसायका नवीनतम प्रयोग सम्बन्धी गोष्ठी, बैठक र अन्तरक्रियासहित तीन दिने पोल्ट्री पाठशाला सेमिनार समेत हुनेछ  ।

प्रदर्शनीबाट नेपाली पोल्ट्री कृषकले कम लागतमा पोल्ट्रीजन्य वस्तुको उत्पादन गरी उपभोक्ताले सस्तो, सुलभ तथा गुणस्तरीय पोल्ट्रीजन्य उत्पादन खरिद गर्ने वातावरण बनाउन सहयोग पुग्ने  विश्वास गरिएको छ ।

445794745_849181297242512_6847690691532366712_n-1717148690.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update