हुरीले उडाएको जस्ताले लागेर १०७ वर्षीय वृद्धको मृत्यु
वीरगञ्ज : हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेर ज्यान गएको हो । घरमा बसिरहनुभएका उहाँ धारिलो जस्ताले लाग्दा गम्भीर घाइते हुनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानले उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१ ११:१८
प्रतिक्रिया दिनुहोस्