ग्लोबल बैंकका कर्मचारी चढेको बस सिन्धुलीमा दुर्घटना, २५ जना घाइते
सिन्धुली-ग्लोबल बैंकका कर्मचारी सवार बस बिहीबार बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ तल्लो बारामा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकका कर्मचारी सवार वाग्मती प्रदेश ०१० प ०१ – १७३२ नम्बरको बस बिहीबार अपराह्न दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकालाई स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा पठाइएको छ । गम्भीर घाइतेलाई धुलिखेल अस्पताल पठाइएको छ । घाइतेहरु सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१ २१:३९
प्रतिक्रिया दिनुहोस्