दोस्रो प्रयासमा पनि पाएनन् सन्दीपले अमेरिकाको भिसा
काठमाडौं-दोस्रो पटक आवेदन दिँदा पनि क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएनन् ।
जबरजस्ती करणी मुद्दामा पाटन उच्च अदालतले सफाइ दिएपछि एक साताअघि उनले आवेदन दिएकामा दूतावासले भिसा दिएको थिएन । दोस्रो पटक भिसा अस्वीकृत भएपछि उनको आईसीसी टी-२० विश्वकपमा सहभागी हुने सम्भावना लगभग सकिएको छ । अब के गर्ने भन्ने विषयमा पदाधिकारीहरूबीच छलफल भइरहेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
लामिछानेले भिसा पाएपछि उनको नाम टोलीमा समावेश गरिने र टोलीसँगै अमेरिकामा रहेका एक खेलाडी वैकल्पिक सूचीमा राख्ने क्यानको योजना थियो।
हाल नेपाली टोलीमा स्पिनरहरू ललितनारायण राजवंशी, सागर ढकाल छन् भने तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, गुलशन झा र प्रतीश जीसी छन्।
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१ १७:३१
प्रतिक्रिया दिनुहोस्