बाबुलाई चिठी लेखेर हराएका दुई बालक १६ घण्टापछि फेला
चितवन–झापाको गौरादह १ बेलडाँगी चोकबाट हिजो मंगलबार बिहान १० बजेदेखि हराएका २ बालक १६ घण्टापछि फेला परेका छन् ।
उनीहरु मोरङको पथरीस्थित एक घरमा आश्रय लिएर बसिरहेको अवस्थामा फेला परेका हुन् । उनीहरु त्यहाँ बसिरहेको अवस्थामा देखेपछि स्थानीयले अभिभावकलाई फोन गरेर जानकारी दिएका थिए । त्यसपछि गएराति २ बजे गौरादह १ का जनप्रतिनिधि जमुन राईको रोहबरमा बालकरुलाई राति नै घर लगिएको जनाइएको छ ।
कक्षा ८मा अध्ययनरत १४ वर्षका खगेन्द्र खड्का र देव खड्काले आफूहरुलाई नखोज्न र आफूहरु जहाँ रहे पनि खुसी हुनेछौं भन्दै आफ्नो बाबुलाई चिठी लेखेका थिए । चिठीमा आफूहरु ठूलो भएपछि मात्र आउने उल्लेख गरेका थिए ।त्यसपछि परिवारले खोजी थालेको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१ ०९:२६
प्रतिक्रिया दिनुहोस्