Mero Chitwan
बजेट २०८१/८२ : बढेन कर्मचारीको तलब र ज्येष्ठ नागरिकको भत्ता [बजेटको पूर्णपाठसहित]

काठमाडौँ-सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा कर्मचारीको तलबभत्ता र अन्य सुविधा बढाएको छैन । 

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन ।

गत आवमा पनि कर्मचारीको तलब, भत्ता र अन्य सुविधा वृद्धि भएको थिएन ।

यस्तै ज्येष्ठ नागरिकको भत्ता वृद्धिका बारेमा पनि केही उल्लेख गरिएको छैन । बजेटमा भनिएको छ-  ज्येष्ठ नागरिक लगायतका लक्षित समूहलाई प्रदान हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छु। यसको लागि रु.१ खर्ब १६ अर्ब विनियोजन गरेको छु।  

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update