Mero Chitwan
नारायणी र सुनकोसी नदीमा जलमार्ग निर्माणकार्य सुरु गर्ने घोषणा

चितवन : सरकारले नारायणी र सुनकोसी नदीमा जलमार्ग निर्माणकार्य सुरु गर्ने घोषणा गरेको छ । आउँदो आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।

यसअघि, नीति तथा कार्यक्रममा सरकारले पानीजहाज सञ्चालनका निम्ति आवश्यक तयारी गर्ने कार्यक्रम राखेको थियो । “सुनकोसी र नारायणीमा जलमार्ग निर्माण सुरु गरिनेछ,” बजेट वक्तव्य दिँदै मंगलबार अर्थमन्त्री वर्षमान पुनले भने, “नारायणी नदीमा सञ्चालित जलयानमा यात्रु चढ्न र ओर्लिन सुरक्षित टर्मिनल निर्माण गरिनेछ ।”

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update