Mero Chitwan
रासायनिक मल अनुदानका लागि २७ अर्ब ९५ करोड विनियोजन

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

चालू आर्थिक वर्ष सरकारले रासायनिक मलमा ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update