Mero Chitwan
निकुञ्ज प्रशासनले भत्कायो माडीको कुसुमखोलामा चेपाङका ५२ घर

चितवन-चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा चेपाङ समुदायका ५२ घर भत्काएको छ ।

निकुञ्जको बगहीं पोष्टमा कार्यरत सेना र निकुञ्जका कर्मचारीहरुले सोमबार दिउँसो ५२ वटा घरहरु भत्काएका हुन् । निकुञ्जको बगहीं पोष्टमा खटिएका सहायक संरक्षण अधिकृत मधु नेपाली र रेञ्जर योगेश ढकाल नेतृत्वमा  ४ वटा हात्ती सहितको टोलीले २३ वटा पुरानो र बाँकी हालै बनेको चेपाङका घर भत्काएको हो ।

घर भत्काएलगत्तै कुसुमखोला सहित माडी क्षेत्रमा बर्षा भएको छ । बर्षासंगै भत्किएका घरमा रहेका अनाज र कपडा भिजेर चेपाङ समुदायको बिचल्ली भएको छ । ३ बर्षअघि हात्ती लगाई निकुञ्जले सो बस्तीमा आगजनी गरेपछि पातलिएको कुसुमखोला बस्तीमा हाल विभिन्न स्थानबाट आएका थप चेपाङ परिवार बस्न थालेका हुन् ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update