Mero Chitwan
सौराहामा हात्तीको वनभोज [फोटो फिचर]

चितवन : सौराहामा जारी ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’को चौथो दिन आज हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा क्षेत्रमा पालिएका सरकारी तथा व्यक्तिगत हात्तीहरूलाई विभिन्न फलफूलसहित खिर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो ।

महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनमा ‘पर्यटनको सम्भावना र चुनौती’सम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ । खस्किएको चितवनको पर्यटनलाई माथि उठाउन स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ओमप्रकार पाण्डेले जानकारी दिए ।

महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसँग विटुवी कार्यक्रम, स्थानीय वेशभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरूको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रर्वधनात्मक कार्यक्रमलगायतका कार्यक्रम समावेश छन् ।

महोत्सव सुरु भएपछि गन्तव्य अवलोकन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष सुरु भएपछि सौराहामा दैनिक एक हजार २०० बढी पर्यटक भित्रिको तथ्याङ्क छ । अहिले सौराहाका होटलहरू भरिभराउ छन् ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सह–आयोजक रहेको यो महोत्सवमा नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय प्रवद्र्धक तथा रत्ननगर नगरपालिका संरक्षक रहेका छन् । महोत्सव शनिबार (भोलि) समापन हुनेछ ।

तस्बिर सौजन्य : राजेन्द्र आचार्य

hatti-bhoj-(6)-1703871952.jpg

hatti-bhoj-(5)-1703871950.jpg

hatti-bhoj-(4)-1703871949.jpg

hatti-bhoj-(3)-1703871948.jpg

hatti-bhoj-(2)-1703871947.jpg

hatti-bhoj-(1)-1703871946.jpg

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update