चितवन-नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा गएराति चार वटा गाडी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट प्यूठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नं.को बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को बस ठोकिएर दुर्घटना भएको हो ।
घाइतेमध्ये अन्दाजी १७ वर्षका युवकको उपचारको क्रममा राति २ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ भने १४ जनाको अवस्था मध्यम रहेको छ । १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा उपचार भइरहेको छ भने ४ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।