चितवन– चितवनको खैरहनी नगरपालिका ३ मा ३ सय १५ बोट केरा काट्ने कार्यमा संलग्न ४ बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई यही जेठ १० गते खैरहनी नगरपालिका ८ बाट नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ । पक्राउ परेका बालकहरुलाई आपराधिक उपद्रव मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ । १२ देखि १४ वर्षसम्मका उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
गत जेठ १ गते राति ११ बजे खैरहनी ३ स्थित किसान कृष्ण रेग्मीको केरा काटिएपछि प्रहरीमा जानकारी दिइएको थियो ।
नियन्त्रणमा लिईएका बालकहरू :-
१) बर्ष १३ को परिवर्तित नाम मगनीचोक (क) २०८०/०८१ ।
२) बर्ष १४ को परिवर्तित नाम होलिल्याण्ड (क) २०८०/०८१ ।
३) बर्ष १२ को परिवर्तित नाम चौबिसकोठी (क) २०८०/०८१ ।
४) बर्ष १४ को परिवर्तित नाम धुसरी (क) २०८०/०८१ ।