Mero Chitwan
अत्यधिक गर्मीका कारण रत्ननगरका विद्यालय जेठ १८ सम्मका लागि बन्द

चितवन- अत्यधिक गर्मीका कारण चितवनको रत्ननगर नगरपालिकाले जेठ १८ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। 

गर्मीले पठनपाठनसमेत प्रभावित हुन थालेपछि सामुदायिक तथा संस्थागत विद्यालयहरु  जेठ १८ सम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालले जानकारी दिए । 

विद्यालय बन्द हुने भएकाले बालबालिकाका लागि सञ्चालित आइभीपी खोप कार्यक्रमसमेत स्थगित भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएकाे छ । अब उक्त कार्यक्रम जेठ २० मा मात्र सञ्चालन गरिने जनाइएको छ।

FB_IMG_1716733842829-1716733973.jpg

 

 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update