Mero Chitwan
प्रमुख प्रतिपक्षीको वेल घेराउ र नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीबीच सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित गरिएको  छ । 

सहकारी ठगीमा प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनु पर्ने माग राख्दै आजको बैठकमा पनि कांग्रसले अवरोध कायमै राखेको थियो । अवरोधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिक नीतिमाथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा १ घण्टा छलफल भएको थियो ।

नीति तथा कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संशोधन राखेका थिए । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएका थिए ।

आगामी जेठ १५ गते दिउँसो १ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस हुनेछ । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update