Mero Chitwan
नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो खस्दा एक्स्काभेटर चालकको मृत्यु

चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ मा एक्स्काभेटरमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।

आज बिहान ९:१० बजे पुल निर्माणका लागि पहाड काट्ने क्रममा पहिरो खस्दा निर्माणमा खटिएको बा २ क ८६५१ नम्बरको एक्स्काभेटर पुरिएको हो ।

घटना लगत्तै पुगेको प्रहरीले चालक बर्दिया गेडुवा गाउँपालिका-४ का ३८ वर्षीय मंगल चौधरीलाई उपचारका लागि भरतपुर ल्याउँदा १०:२२ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको चितवन प्रहरीले जनाएको छ ।

सोही स्थानमा मुग्लिनबाट नारायणगढतर्फ जादै गरेको ना ६ ख १५११ न. को ट्रकमा समेत सामान्य क्षती भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update