फेरि बढ्यो अण्डाको मूल्य
चितवन–नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य तोकेको छ । संघको आज शनिबार बसेको बैठकले यही जेठ १३ गते आइतबारदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य तोकेको हो ।
संघका सचिव मदन पोखरेलका अनुसार एक्सएल साइजको अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ तोकिएको छ भने ठूलो अण्डा प्रतिक्रेट ४ सय ८० रुपैयाँ तोकिएको छ। यस्तै, मध्यम साइजको अण्डा प्रतिक्रेट ४ सय ६५ तोकिएको छ।
संघको आयोजनामा अण्डाको उत्पादन र बजार अवस्था बारेमा पोखरामा भौतिक र भर्चुअल रूपमा भएको छलफलपछि उक्त मूल्य तोकिएको संघले जनाएको छ ।
यसअघि संघले जेठ ५ मा पनि मूल्य बढाएको थियो ।
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१ १९:५३
प्रतिक्रिया दिनुहोस्