Mero Chitwan
भारतको लोकसभा निर्वाचन : आज छैटौं चरणको मतदान

नयाँदिल्ली–भारतमा लोकसभा चुनावअन्तर्गत छैटौं चरणमा आज एक केन्द्रशासितसहित ८ राज्यका ५८ सिटमा मतदान भइरहेको छ। 

आज दिल्लीको सबै सात र हरियाणाका सबै १० सिटमा मतदान भइरहेको हो । यस्तै, बिहारको ८, जम्मु कश्मिरको एक, झारखण्डको चार, उडिसाको ६, उत्तर प्रदेशको १४ सिट र पश्चिम बंगालको ८ सिटमा मतदान भइरहेको हो । 

उडिसामा लोकसभाका साथै विधानसभाको चुनाव पनि हुँदैछ । 

लोकसभा चुनावका साथै उडिसासहित चार राज्य अरुणाचल, सिक्किम र आन्ध्र  प्रदेशमा पनि विधान सभा निर्वाचन हुँदैछ । आगामी १ जुनमा सातौं चरणमा निर्वाचन भएपछि ४ जुनदेखि मत गणना हुनेछ । 

छैटौं चरणमा धर्मेन्द्र प्रधान, महबूबा मुफ्ती, मेनका गान्धी, मनोहरलाल खट्टरलगायतका चर्चित उम्मेदवार मैदानमा छन् । 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update