सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत फेला
काठमाडौं– सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा फेला परेका छन्।
तीन दिनअघि मात्र उनी विशेष अदालतबाट उक्त प्रकरणमा दोषी ठहर भएका थिए। उनी आज झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्याङमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको भक्तपुर प्रहरीले जनाएको छ।
विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो।
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१ १६:२०
प्रतिक्रिया दिनुहोस्