Mero Chitwan
संघीय सरकारलाई बालेनको चुनौती- कि आफैँ गर्नु, कि हामीलाई गर्न दिनु 

काठमाडौं–काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै घोषणा कार्यान्वयन नगरेको भन्दै संघयि सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

मेयर शाहले आज सामाजिक सञ्जालमार्फत् सरकारले २०८० जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–०८१ को बजेट वक्तव्यको नीतिगत एवं कानुनी सुधार कार्यक्रममा, २०८१ वैशाख १ गतेदेखि प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ् गर्ने व्यवस्था मिलाइने भनेकोमा अझै कार्यान्वयन नगरेको जनाएका हुन् । 

‘आज जेष्ठ  महिनाको ११ गते भइसक्यो । घोषणा गरेको कार्यक्रम कार्यान्वयनको कुनै सुरसार छैन । यसकारण हामी संघीय सरकारलाई उक्त मिति सम्झाउन चाहन्छौँ,’ उनले भनेका छन् । 

उनले कि सरकारले आफैँ काम गर्नु, कि स्थानीय सरकारलाई गर्न दिनू भन्दै संघीय सरकारबाट जवाफसहित उचित वातावरण निर्माणको अपेक्षा गरेका जनाएका छन्। 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update