Mero Chitwan
हलमा २ चलचित्र एक साथ, ‘पुजार सार्की’ र ‘फर्की फर्की’को प्रतिस्पर्धा

काठमाडौं–बुद्ध जयन्तीको अवसर पारेर आज एकै दिन दुई चलचित्र रिलिज भएका छन् । स्टारहरुले भरिएका चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ रिलिज भएका हुन्। 

जातीय विभेदमा आधारित चलचित्र पुजार सार्कीलाई दिनेश राउतले निर्देशन दिएका हुन् । विकास सुवेदीको लेखन रहेको चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एक साथ देखिएका छन् भने मोहन निरौला, लोकेन्द्र लेखक, शङ्कर आचार्य, प्रेम सुब्बा, सुभास गजुरेल, विद्या कार्की, बसन्त भट्ट लगायतको पनि अभिनय छ ।चलचित्रमा अभिनेता प्रदीप खड्काले दलित युवक मैतबहादुरको भूमिकामा छन्।

यसैगरी, ‘टाइम लुप’को कथामा बनेको ‘फर्की फर्की’लाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिकामा छन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update