Mero Chitwan
सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं-क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । अमेरिका र वेस्ट इन्डिजमा हुने टी-ट्वेन्टी विश्वकप खेल्न अमेरिका जान लागेका लामिछानेले आफूलाई  दूतावासले भिसा नदिएको सामाजिक सञ्जालमार्फत् जनाएका हुन् ।

आगामी जुनबाट सुरु हुने विश्वकप खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि नै अमेरिका पुगिसकेको छ भने उनले खेल्न जाने तयारीस्वरुप अभ्यास पनि गरेका थिए ।

जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट आठ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकिएका लामिछानेले बुधबार उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । उच्च अदालतबाट सफाइ पाएपछि उनलाई क्यानले विश्वकप खेल्न पठाउने तयारी गरेको थियो । 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update