काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नागरिकतासम्बन्धी अनुसन्धानका लागि भन्दै गिरफ्तार पर्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले स्थलमार्ग हुँदै धनुषा पुर्याएको छ ।
बीपी राजमार्ग हुँदै अध्यक्ष सिरोहियालाई बुधबार बिहानै धनुषा पुर्याइएको हो । प्रहरीले सिरोहियालाई मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीबाट गिरफ्तार गरेको थियो ।
अध्यक्ष सिरोहियालाई स्थलमार्गबाट रातारात जनकपुर लगिएको हो । उहाँलाई बिहान पौने ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा पुर्याइएको छ ।
प्रहरीले आजै अध्यक्ष सिरोहियालाई सरकारी वकिलको कार्यालयमार्फत धनुषा जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको छ । प्रहरीले आज अदालतबाट थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्ने जनाइएको छ । प्रहरीले नागरिकतासम्बन्धी उजुरी परेको भन्दै गिरफ्तार गरे पनि अध्यक्ष सिरोहियाले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आउनुभएको छ