कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौंः कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत धनुषाले सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गरेको धनुषा प्रहरीले जनाएको हो ।
सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो। सिरोहिया अध्यक्ष रहेको कान्तिपुर दैनिकले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी र त्यसमा उनको संलग्नताबारे शृंखलाबद्ध रूपमा समाचार छापिरहेको छ।
अध्यक्ष सिरोहियाविरुद्ध पूर्वाग्रहका आधारमा पक्राउ पुर्जी जारी भएको भन्दै कांग्रेसले प्रतिनिधिसभाको मंगलबारको बैठकमा समेत कुरा उठाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१ १५:३६
प्रतिक्रिया दिनुहोस्