Mero Chitwan
‘पुजार सार्की’ मा यस्तो भूमिकामा छन् अभिनेता पल शाह

काठमाडौं–अभिनेता पल शाहले आफ्नो अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ मा आफ्नो चरित्रको तस्बिर सार्वजनिक गरेका छन् । यही जेठ १० गते रिलिज हुन लागेको चलचित्र ‘पुजार सार्की’ मा उनी मेघराज खत्रीको भूमिकामा छन् । 

उनले चलचित्र रिलिज हुन दुई दिनमात्र बाँकी रहँदा पुजार सार्की आफ्नो करिअरकै महत्वपूर्ण चलचित्र साबित हुनेमा ढु्क्क रहेको जनाएका छन् । उनले आफू चलचित्र रावायणको छायांकनमा क्रममा रहेका पुजार सार्कीको रिलिज प्रक्रियामा सहभागी हुन नसकेको पनि उल्लेख गरेका छन् । 

उनले फेसबुकमा लेख्दै भनेका छन्, ‘आज मैले पुजार सार्कीमा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु। यो तस्बिरबाट तपाईँले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ। यसअघि पनि तपाईंले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ।’

दिनेश राउतको निर्देशन रहेको यो चलचित्र विकास सुवेदीले लेखेका हुन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update