Mero Chitwan
पशुपतिनाथको भेटी चोरी गर्ने ८ पक्राउ, कोषकै पदाधिकारीले चोरी गर्न लगाएकाे दिए बयान
पक्राउ परेका अनिल परियार इन्सेटमा ।

काठमाडौँ- भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिएका छन् । 

पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि  प्रहरी वृत्त गौशाला पठाइएको अधिकारीले बताए । 

परियार पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले जानकारी  दिए । 

 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update