Mero Chitwan
पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ  : तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा पौडी खेल्ने क्रममा आज डुबेर दुई युवकको ज्यान गएको छ ।

बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको प्रहरीको भनाइ छ।

६ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। अन्य चारजना सकुशल रहेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update