Mero Chitwan
अयोध्याको राममन्दिरमा राख्ने मूर्ति बनाउन लगिएको शिलालाई के गरियो ? 

काठमाडौं–भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने मूर्ति बनाउन भन्दै गत फेब्रुअरीमा नेपालको कालिगण्डकीबाट शालिग्रामलाई तामझामका साथ अयोध्या लगिएको थियो ।

१४ र २७ टनका दुई वटा शिला अयोध्या लगिएको थियो । त्यसमध्ये १४ टनको शिलालाई शालिग्राम मानेर २७ टनको बाट मूर्ति बनाउने भनिएको थियो । तर, भारतीय सञ्चारमाध्यमका अनुसार ती शिलाबाट राममूर्ति बनेनन् । केही सन्तहरुका कारण मूर्तिहरु नबनाइएको बताइएको छ । सन्तहरुले शालिग्रामलाई फोर्न नहुने अडान लिएका थिए।साथमा प्राविधिक परीक्षणपछि पनि शालिग्राामबाट मूर्ति बनाउन असम्भव देखिएको थियो।

मन्दिरको गर्भगृहमा राख्नका लागि अलग अलग स्थानबाट लगिएका शिलाबाट ३ मूर्ति बनाइएको छ । त्यसमध्ये उत्कृष्ट छानेर गर्भगृहमा राखिनेछ। राम जन्मभूमि तीथ क्षेत्र ट्रस्टले प्राणप्रतिष्ठाको कार्यक्रम २२ जनवरीमा तय गरेको छ ।उक्त समारोहमा विभिन्न मुलुकबाट अतिथिहरुलाई आमन्त्रण गरिने बताइएको छ। मन्दिरका पुजारी चयन पनि जारी छ। 

बीबीसीका अनुसार नेपालबाट लगिएको शिलालाई कहा“ राखिएको छ भन्नेबारे यकिन जानकारी छैन ।तर, तिनलाई सुरक्षित राखिएको बताइएको छ। त्यसलाई मन्दिर परिसरमा सम्मानपूर्वक राखिनेछ । 

ram-mandir1-1703821059.JPG

ram-mandir-1703821058.JPG

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update