Mero Chitwan
प्रशासनसमक्ष केरा उत्पादक संघको माग–केरा काट्नेलाई हदैसम्मको कारबाही होस्

चितवन–यही जेठ १ गते राति खैरहनी ३ स्थित कृष्ण रेग्मीको केरा काट्ने घटनाका दोषीलाई शीघ्र पक्राउ गरी कारबाहीको माग गर्दै चितवन केरा उत्पादक संघले शुक्रबार प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ ।

संघले दोषीलाई छिटो पक्राउ गरी हदैसम्मको कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालयमामा ज्ञापनपत्रसहित माग गरेको हो । 

kera-1715966123.jpg

खैरहनी नगरपालिका ३ सैनिक विद्यालयअगाडि रहेको कृष्ण रेग्मीको ८ विगाहा क्षेत्रफलमा लगाइएकोमध्ये ५ सय वटा केराका बोट जेठ १ गते अज्ञात समूहले काटेको हो । 

संघले यसअघि नै विज्ञप्ति जारी गरी दोषीलाई छिटो खोजी गरी कडाभन्दा कडा कारबाही गर्न माग गरिसकेको छ । 

सम्बन्धित समाचार

चितवनको खैरहनीमा अज्ञात समूहले काट्यो ५ सय वटा केराको बोट, दोषी अझै पत्ता लागेन

 
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update