Mero Chitwan
चितवनको खैरहनीमा अज्ञात समूहले काट्यो ५ सय वटा केराको बोट, दोषी अझै पत्ता लागेन

चितवन–चितवनको खैरहनी नगरपालिका ३ सैनिक विद्यालयअगाडि रहेको कृष्ण रेग्मीको ८ विगाहा क्षेत्रफलमा लगाइएको ५ सय वटा केराका बोट अज्ञात समूहले काटिदिएको छ । 

रत्ननगर १२ का किसान रेग्मीले लगाएको जी ९ जातका केराका बोट काटिएको हो । बिहान हेर्दा केरा काटिएको देखेपछि सहयोगीले खबर गरेका थिए । 

संघका अध्यक्ष माधवप्रसाद घिमिरेले प्रहरीमा खबर गरिए पनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको बताए । उनले ६ वर्षयताको यो पहिलो घटना भएको र मादक पदार्थ सेवन गर्नेहरु संलग्न रहेको अनुमान गरिएको बताए । 

chitwan-kera1-1715842431.jpg

चितवन केरा उत्पादक संघले विज्ञप्ति जारी गर्दै घटनाप्रति भर्त्सना गर्दै दोषीलाई छिटो खोजी गरी कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । पीडित किसानलाई सामाजिक सुरक्षाको अनुभूति गराई आवश्यक क्षतिपूर्तिका लागि प्रहरी, प्रशासन र स्थानीय निकायसमक्ष माग गरिएको छ । यस्तै, सबै किसानले काम गरी खान पाउने गरी सुरक्षा प्रदान गर्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । 

kera-1715842458.jpg

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update