चितवन : चितवनको नारायणगढस्थित शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले नारायणगढमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ आयोजना गर्ने भएको छ ।
नारायणगढको लायन्सचोकमा रहेको आफ्नै कार्यालयमा कन्क्लेभ गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको हो ।
राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रमुख सुरज पौडेलका अनुसार बैशाख २९ गते राइटपाथको केन्द्रीय कार्यालय काठमाडौंसहित बैशाख ३१ गते हेटौंडामा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ सम्पन्न भैसकेको छ । कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहने छ भने फ्रि मुभि टिकट र आर्कषक गिफ्ट ह्याम्फरको पनि व्यवस्था रहेको राइटपाथ चितवनका प्रमुख पौडेलले बताए ।
कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीले एकै छानामुनि भेट्न सक्नेछन् । उनका अनुसार विश्वविद्यालयका प्रतिनिधिबाटै विद्यार्थीले सत्य तथ्य जानकारी पाउनेछन् भने कार्यक्रमले विद्यार्थीको अनुसन्धानमा पनि मद्दत पुर्याउने छ । भर्खरै प्लस टुको परीक्षा सकिएकाले पनि धेरै विद्यार्थीका लागि यो कार्यक्रम लाभदायी हुने राइटपाथको विश्वास छ ।