Mero Chitwan
सन्दीप लामिछानेले पाएको सफाइप्रति अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको चासो

काठमाडौं–क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएको समाचालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि प्रमुख प्राथमिकताका साथ स्थान दिएका छन् । 

बीबीसी, अल जजिरा, इन्डियन एक्सप्रेस, एबीपी लाइभ, टाइम्स अफ इण्डिया, हिन्दुस्थान टाइम्स, इएसपीएनक्रिकइन्फोलगायतका सञ्चारमाध्यमले स्थान दिएका हुन् । उनीहरुले बलात्कार मुद्दामा सन्दीपले अदालतबाट सफाइ पाएको उल्लेख गर्दै अब उनी टी ट्वान्टी वल्र्डकपमा खेल्न जान सक्ने जनाएका छन् । 

फैसलालगत्तै सन्दीपलाई क्रिकेट संघले निलम्बन फुकुवा गरिसकेको छ भने टी ट्वान्टी वल्र्ड कपमा पठाउनेबारेमा क्यानमा सहमति भइसकेको बताइएको  छ। 

sandip-int-1715791702.JPG

sandip-int1-1715791702.JPG

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update