सन्दीप लामिछानेलाई सफाइ
काठमाडौं : जबरजस्तीकरणको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै लामिछानेलाई निर्दोष ठहर गरेको हो ।
जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको भएपनि त्यसविरुद्ध उच्च अदालतमा परेको पुनरावेदनमाथि हिजो सुनुवाइ नसकिएपछि आज पनि निरन्तरता दिइएको हो ।
उच्च अदालत पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याइदिएको छ । यससँगै सन्दीपले आइसिसी टी–२० विश्वकप खेल्ने ढोका खुलेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ १७:१६
प्रतिक्रिया दिनुहोस्