Mero Chitwan
चितवनमा पोल्ट्री क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो हुने

भरतपुर : चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो हुने भएको छ । नेपाल पोल्ट्री महासंघ र इण्डिया पोल्ट्री इक्युमेन्ट एशोसियसनको आयोजनामा यही जेठ १८ गतेदेखि २० गतेसम्म एक्सपो हुन लागेको हो । पोल्ट्री क्षेत्रको विकासका लागि एक्सपो आयोजना गर्न लागिएको आज (बुधबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत महासंघले जानकारी दिएको छ ।

भरतपुरस्थित औधोगिक प्रर्दशनी केन्द्रमा हुने एक्सपोमा पन्ध्र देशका बिज्ञान प्रविधि तथा बिज्ञहरुको उपस्थिति रहनेछ । एक्सपोमा विदेशी प्रविधि र स्वदेशी प्रविधिका बिषयमा बिज्ञहरुलाई बोलाएर पाठशाला संचालन गरिने नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार एक्सपोमा विदेशी प्रविधिको बचश्र्व रहनेछ ।
 
बिष्टले पोल्ट्री क्षेत्रको वर्तमान समस्या र त्यसको समाधानका लागि पनि एक्सपो मार्फत पहल गरिने बताउनुभयो । चितवनमा २०५२ सालमा पहिलोपटक पोल्ट्री एक्सपो गरिएको थियो । त्यसपछि यहाँ पोल्ट्री क्षेत्र विस्तार हुँदै क्रमशः फड्को मार्न सफल भएको थियो ।

तीन दिनसम्म संचालन हुने एक्सपोमा दुई सयको हाराहारीमा स्टल रहने नेपाल कुखुरा व्यवसायी मन्चका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनुभयो । उहाँले पन्ध्र देशका दश हजारले एक्सपो अवलोकन गर्ने अनुमान गरिएको बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update