Mero Chitwan
सन्दीप लामिछानेको मुद्दामा सुनुवाई हुँदै, आजै फैसलाको तयारी

काठमाडौँ-क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै छ । हिजोदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा जारी बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

भट्ट र उप्रेतीको इजलासमा मुद्दाको सुनुवाइको निरन्तरता पाउने र आज नै फैसला गर्ने तयारी रहेको छ ।

हिजो जाहेरीकर्ता गौशाला २६ का तर्फबाट दुई सरकारी वकिल रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए भने लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, रामनारायण बिडारी, मुरारी सापकोटा, कृष्ण सापकोटा र राेशनी पाैडेलले बहस गरेका थिए ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update