उपचारपछि घर फर्किरहेकी युवतीको एम्बुलेन्स दुर्घटनामा मृत्यु
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकाको बलचौरमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।
दुर्घटनाबाट भारतको हल्द्वानीबाट उपचार गरी घर फर्किरहेकी युवतीको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका-९ की १८ बर्सिया अञ्जली परियारको रहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा आएका अरू ५ जना व्यक्ति भने सकुशल छन् ।
एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ ११:२६
प्रतिक्रिया दिनुहोस्