Mero Chitwan
१३ दिने सुत्केरी श्रीमतीको  घाँटी रेटेर हत्यापछि श्रीमानले गरे आत्महत्या

सल्यान : सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् । 

जिल्लाको सिद्धकुमाख गाउँपालिका- ४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ बर्सिया श्रीमती केवलीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

धारिलो हतियारले घाँटी रेटेर श्रीमतीको हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले जानकारी दिए ।

उनका अनुसार आज बिहान करिब ४ बजे सुत्ने कोठामा श्रीमतीको हत्या गरी श्रीमानले पनि आत्महत्या गरेका हुन् । घटनाको अनुसन्धानका लागि डीएसपी कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको छ । 

राना दम्पतीका १३ दिनको नवजात शिशु छोरीसहित ४ छोराछोरी रहेको प्रहरी प्रमुख कार्कीले जानकारी दिनुभयो ।  

अभिभावक गुमाएपछि उनीहरूको पालनपोषणमा समस्या भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update