जसपा नेपाल सरकारबाट बाहिरियो, उपेन्द्र यादवले दिए राजीनामा
काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले राजीनामा दिनु भएको छ । यससँगै जसपा नेपाल सरकारबाट बाहिरिएको छ ।
मन्त्री यादवले पछिल्लो विकसित राजनीतिक परिस्थितिका कारण आफूले सरकारसँग सहकार्य गर्न नसक्ने कारण देखाउँदै राजीनामा दिनु भएको हो । ‘करिब दुई महिनादेखि म उपप्रधान मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु,’ उहाँले राजीनामा पत्रमा उल्लेख गर्नु भएको छ ।
मन्त्री यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिनु दिनु भएको छ । यादवका स्वकीय सचिव प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा बुझाउनु भएको हो ।
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१ १२:२८
प्रतिक्रिया दिनुहोस्