Mero Chitwan
नारायणीमा १ अर्ब ८६ करोडको लागतमा सिग्नेचर पुल बन्दै, प्रधानमन्त्रीद्वारा शिलान्यास

चितवन–पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणी नदीमा करिब २ अर्ब रुपैयाँको लागतमा सिग्नेचर पुल बन्ने भएको छ । पुलको आज सोमबार एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरे । 

विश्व बैंकको ऋण सहयोगमा अहिले रहेको पुलसँगै ४ सय २० लामो पुल बनाउन लागिएको हो । पुल निर्माणका लागि तु्न्डी कन्स्ट्रक्सनसँग २०८० जेठ १९ गते ठेक्का सम्झौता भइसकेको छ । एक्स्ट्राडोज्ड प्रविधिबाट बन्ने पुलको लागत १ अर्ब ८६ करोड ७६ लाख रहेको जनाइएको छ । २०८४ असारसम्म पुल बनाइसक्ने योजना छ ।

FB_IMG_1715585380606-1715587256.jpg

कम्पनीले पुलको डिजाइन तयार पारिसकेको छ । तर, स्ट्रक्चरको डिजाइन पुनरवलोकनका लागि कम्पनीका लागि भनिएको पुल महाशाखाले जनाएको छ । 

४ वटा सिग्नेचर पुल बनाउन विश्व बैंकसँग २०७५ मा सम्झौता भएकाअनुसार यो पुल बनाउन लागिएको हो । २ लेनको पुलमा यात्रुका लागि फराकिलो फुटपाथ रहनेछ भने पुलमा दुई वटा पाइलन राखिनेछ । 

FB_IMG_1715585401858-1715587395.jpg

FB_IMG_1715585409666-1715587359.jpg
FB_IMG_1715585386134-1715587326.jpg

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update