Mero Chitwan
चितवनलाई पर्यटन क्षेत्र घोषणा गर्न पर्यटन व्यवसायीको माग

चितवन : चितवनका पर्यटन व्यवसायीहरुले सौराहासहित समग्र चितवनलाई पर्यटन क्षेत्र घोषणा गर्न माग गरेका छन्। 


चितवनका विभिन्न ६ वटा पर्यटन संस्थाहरुले आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ५ बुँदे ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

उनीहरुले स्वदेशी तथा विदेशी पर्यटकको सुरक्षाका लागि बछौली प्रहरी चौकीलाई साधन श्रोतले सुविधा सम्पन्न बनाउन, पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन र चितवनको पर्यटन प्रवद्र्धनका लागि रात्रिकालीन हवाई उडानको व्यवस्थाका लागि सम्बन्धित विभागमा पहल गरिदिन समेत आग्रह गरेका छन् । 


यस्तै, चितवन राष्ट्रिय निकुञ्ज प्रवेशमा पर्यटकहरुलाई लिइने पार्क टिकटको एक दिनको समयावधि अत्यन्तै कम भएको उल्लेख गर्दै यसलाई लम्बाई कम्तीमा ५ दिनसम्म लागू गर्न पनि माग गरेका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update