Mero Chitwan
स्थापनाको ८ वर्षपछि कालिकामा नगर प्रहरीको सेवा सुरु

चितवन : नगर स्थापनाको आठ बर्षपछि चितवनको कालिका नगरपालिकामा नगर प्रहरीको सेवा सुरु गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले पालिका स्तरमा ऐन र कार्यविधि बनाइ नगर प्रहरी राख्न पाउने व्यवस्था गरेको छ ।

नगरपालिकाले एक जना नगर प्रहरी सहायक निरीक्षक र ८ जना नगर प्रहरी जवान गरी ९ जना नगर प्रहरी भर्ति गरी सेवा सुरु गरेको हो । ९ जनामा ३ जना महिला छन् ।

शुक्रबार आयोजित नगर प्रहरी दीक्षान्त समारोहमा प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतमले नगरप्रहरीहरुलाई गोपनीयतको सपथग्रहण गराएका थिए । त्यसअवसरमा  नगरप्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तामाङले उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएर प्रमाणपत्र प्रदान गरेका थिए । छनौट भएका नौं जनालाई १५ दिनको तालिम दिएर काममा खटाइएको हो । बैशाख १ गतेदेखि उनीहरुको सेवा सुरु भएको छ । 

binod-regmi-1715359418.jpg

कार्यक्रममा मेयर रेग्मीलेले कालिका नगरबासीको सुरक्षाको लागि नगरप्रहरी भर्ति गरी काममा खटाइएको बताए । नगरप्रहरी सञ्चालन ऐन र कार्यविधि बनाएर नगरप्रहरी भर्ति गरिएको भन्दै उनले सेवामा प्रतिबद्ध भएर काम गर्न आग्रह गरे । नगरपालिकाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले निकट भविश्यमै फोहोर संकलन र व्यवस्थापनको समेत काम सुरु गर्ने बताए । फोहोर संकलन र व्यवस्थापनको लागि कार्यविधि निर्माण भइसकेको उनको भनाइ छ । 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update