Mero Chitwan

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा गरेको सम्बोधनमा केही महत्वपूर्ण नयाँ कार्यक्रम घोषणा गरेका छन्। 

सम्बोधनको सुरुमै आफ्नो कार्यशैली बदल्ने बताएका उनले अब पूर्वनिर्धारित र अपरिहार्यबाहेक प्रधानमन्त्री कुनै पनि कार्यक्रममा नजाने घोषणा गरेका छन्। उनले कार्यसम्पादन राम्रो नभएका मन्त्रीलाई समेत छुट नदिने भनेर कडाइ गरेका छन्। 

यस्तै  पूर्वाधार आयोजनामा कम्तीमा दुई ‘सिफ्ट’मा काम गर्ने व्यवस्था मिलाउने र ‘ब्यारेक मोडल’मा लैजाने, ८० को दशक तीव्र विकासको दशक’ घोषणा गर्ने,  कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुख फिर्ता बोलाउने, बजेटका सिद्धान्त र प्राथमिकता फागुनभित्रै पेस गर्ने, उद्योग दर्तालाई सहजीकरण गर्न एकद्वार प्रणालीलाई एक महिनाभित्र पूर्ण कार्यान्वयनमा ल्याउने, भैरहवा र पोखरा विमानस्थललाई सार्वजनिक–निजी साझेदारी अवधारणामा अघि बढाउने, विश्वविद्यालयलाई राजनीतिक भागबण्डाबाट मुक्त बनाउने लगायतका कार्यक्रम घोषणा गरेका छन्। 

पूर्णपाठ

 

 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update