पेस्तोल देखाएर लुटियो सहकारीको ८० लाख रुपैया
जनकपुर : धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ ।
आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले रु ८० लाख लुटेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१ १५:५४
प्रतिक्रिया दिनुहोस्