Mero Chitwan
भरतपुर-१९ का वडाध्यक्ष प्रकाश तामाङलाई मस्तिस्काघात,थप उपचारका लागि काठमाडौं लगियो

चितवन : चितवनको भरतपुर महानगरपालिका-१९ का वडाध्यक्ष प्रकाश तामाङलाई मष्तिस्कघात भएको छ । उनलाई चितवन मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि शनिवार अपरान्ह काठमाडौं लगिएको छ ।

बिहान १० बजे तामाङलाई मष्तिस्कघात भएको र चितवन मेडिकल कलेजमा उपचारपश्चत थप उपचारका लागि काठमाडौं लगिएको नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौंको ग्राण्डी अस्पताल लगिएको छ । तामाङ नेकपा (एमाले) का तर्फबाट भरतपुर महानगरपालिका १९ को वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update