Mero Chitwan
यो हो नेपालको तर्फबाट टी-२० विश्वकप खेल्ने स्क्वाड

काठमाडौं- नेपाल क्रिकेट संघ-क्यानले आईसीसी टी-ट्वेन्टी विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा अर्को महिना हुनेछ ।

रोहित पौडेलको कप्तानीमा मुख्य प्रशिक्षक मोन्टी देसाइले कमलसिंह ऐरी र सागर ढकाललाई समेट्दै १५ सदस्यीय टोली घोषणा गरेका हुन् । विश्वकप खेल्ने टिममा अशिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा र अभिनास बोहरा छन् ।

 सोमपाल दोस्रो पटक विश्वकप खेल्ने नेपालको पहिलो खेलाडी बन्ने छन्। उनले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेका थिए । नेपालको टिममा आरिफ शेख अटाएनन् भने ओमानमा भएको एसीससी मेन्स प्रिमियर कपमा रहेका विवेद यादव र आकाश चन्दले पनि विश्वकप खेल्न पाउने छैनन् । कमल र सागर भने वेस्ट इन्डिज ए सँगको सिरिजको परफरमेन्सबाट टिममा स्थान बनाउन सफल भएका हुन् ।

nepal-squad-1714581425.jpg

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update