Mero Chitwan
ठोरीस्थित छोटी भन्सार नाका पुन : सञ्चालनमा

चितवन-पर्साको ठोरीस्थित छोटी भन्सार कार्यालय स्तरोन्नति भई सञ्चालनमा आएको छ । प्रदेश सासंद ठाकुर ढकाल, भरतपुर महानगरकी मेयर रेनु दाहाल, माडी नगरपालिकाकी मेयर ताराकाजी कुमारी महतो, ठाेरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त्त  सञ्चालन शुभारम्भ गरेका हुन् । 

त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी-माडी- भरतपुर-रसुवागढी (केरुगं) को प्रवेश विन्दु ठोरी छोटी भन्सार नाका स्तरोन्नतिसहित पुन: संचालनमा आएको हो । संघीय अर्थ मन्त्रालयले यो छोटी भन्सार कार्यालय स्तरोन्नति गरी सञ्चालनमा आएकाे हो । सो अवसरमा प्रमुख दाहालले  यो नाकाले चितवनको वरपरको आर्थिक एवं पर्यटकिय गतिबिधिमा टेवा पुग्ने बिश्वास लिएको बताइन् ।

हालै संघीय मन्त्रीपरिषद् (क्याबिनेट)ले निर्णय भन्सार पुन सञ्चालनमा ल्याउने निर्णय गरेकाे थियाे । माडी नगरपालिका र ठोरी गाउँपालिकाले ठोरी नाका चलाउन गरेको संयुक्त पहल एवं भरतपुर महानगरपालिकाले ’भ्रमण बर्ष २०२४’ को सन्दर्भमा ठोरीस्थित छोटी भन्सार नाका सञ्चालमा ल्याउन गरेको अनुरोधपछि ठोरी नाका स्तरोन्नति भई सञ्चालनमा आएकाे हाे ।

पर्साको छोटी नाकामध्ये सबैभन्दा बढी चल्ती अवस्थामा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन  २ वर्षअघि निर्माण गरी तयारी अवस्थामा थियाे।  गतबर्ष माघ २७ मै सो भन्सारको सेवा सुरुवात हुने भनिए पनि कतिपय प्रक्रिया पुरा नभएको भन्दै अन्तिम समयमा रोकिएको थियो ।

download-(1)-1714562186.jpeg

download-(2)-1714562077.jpeg

download-(3)-1714562012.jpeg

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update