Mero Chitwan
प्रधानमन्त्री दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । 

२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ ।

भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन उनले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update