Mero Chitwan
मधेश प्रदेशले जित्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधी

काठमाडौं: मधेश प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तीन खेलमा पराजित मधेशले चौथो खेलमा जित हात पारेको हो ।

आज  भएको खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २७ रनले पराजित गर्दै जित हासिल गरेको छ। मधेशको जितमा पूजा महतोले अल राउन्ड प्रदर्शन गरिन् ।

मूलपानी क्रिकेट मैदानमा गण्डकीले टस जितेर फिल्डिङ गर्ने निर्णय लियो । मधेशले ओपनर पूजाको सम्हालिएको प्रदर्शनको मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर ११२ रन बनायो । आरती महतो डकआउट भइन् । अनुराधा चौधरी ९ रनमा मैदान बाहिरिन् । पूजा ४३ बलमा ५ चौका प्रहार गर्दै ३८ रनमा रन आउट भइन् ।

अर्धशतकतर्फ अघि बढेकी उनी आपसमा समन्वय नहुँदा सुमन खतिवडाबाट रन आउट भइन् । प्रतिमा साह १० रनमा मैदान बाहिरिँदा सरस्वती चौधरी २६ रनमा अविजित रहिन् । साना प्रभिन शून्यमा रन आउट भइन् । सुमन खतिवडाले दुई ओभरमा ३ विकेट लिइन् । उनले सत्रौं ओभरमा साक्षी यादव र प्रतिमालाई आउट गरेकी थिइन् ।

कुसुम गोदार र सृष्टि जैसीले एक(एक विकेट बाँडे । जवाफी ब्याटिङमा गण्डकी १९ ओभर ४ बलमा ८५ रनमा अलआउट भयो । ओपनर अञ्जली विश्वकर्मा र सिर्जना पौडेलले खाता खोल्न सकेनन् । सीमा केसी ६ र ज्योत्सिन्का मरासिनी एक रनमा पभेलियन फर्किए ।

सृष्टि १५ रनमा आउट भइन् । सुमनले ३३ बलमा ४२ रन बनाए पनि अन्य ब्याटरको साथ नपाउँदा जित दिलाउन सकिनन् । पूजाले तीन, सरस्वती, कविता गौतम र साक्षीले एक(एक विकेट लिए । मधेशको चार खेलबाट दुई अंक छ । तेस्रो हार बेहोरेको गण्डकीको पनि समान २ अंक नै छ ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update