भरतपुरका नयाँ कार्यकारी अधिकृतमा भारती, रानाको अर्थ मन्त्रालय सरुवा
भरतपुर : भरतपुर महानगरपालिकामा प्रशासकीय अधिकृत फेरिएका छन् ।
सरकारले भरतपुरका प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाको सरुवा गर्दै उनको स्थानमा वीरन्द्रदेव भारतीलाई ल्याइएको छ। भारती ललितपुर महानगरका कार्यकारी अधिकृत थिए । रानालाई भने अर्थमन्त्रालय सरुवा गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१ १४:११
प्रतिक्रिया दिनुहोस्